शाक्य बनिन् मुख्यमन्त्री, दुई मन्त्री नियुक्त
३ भदौ, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ छोडेकी हुन् । त्यसपछि बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए ।
पौडेलको राजीनामापछि शाक्यलाई सर्वसम्मत दलको नेता चयन गरियो । बुधबारै पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए । उनको राजीनामापछि शाक्य मुख्यमन्त्री बनेकी छन् ।
बुधबारै साझ अरु दुई जना मन्त्रीले पनि सपथ लिएका छन् । आन्तरिक मामिला मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई मुख्यमन्त्री शाक्यले मन्त्री नियुक्त गरेकि हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply