१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट कोरोना खोप
४ भदौ, काठमाडौं । १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँदै छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।
खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्ने छ ।
यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ । खोप लगाउने सम्बन्धी सूचनामा ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने उल्लेख छ ।
यी हुन् खोप केन्द्रहरु
सशस्त्र प्रहरी अस्पताल, बलम्बु
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
वीर अस्पताल, रत्नपार्क
निजामति कर्मचारी अस्पताल, वानेश्वर
परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
शिक्षण अस्पताल, महाराजगञ्ज
काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply