सभामुख नआएपछि धर्ना छाडेर बाहिरिए एमाले सांसद
४ भदौं,काठमाडौं । नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर बाहिरिएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डित लगायतका एक दर्जन सांसद पुगेका थिए । तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर बाहिरिएका हुन् ।
यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो ।
एमाले सांसद शान्ता चौधरीले बिहीबार सभामुखले एमालेले कारबाही गरेको सांसदलाई पदमुक्त गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाइन् । उनले आज भने सभामुखले आफूहरुसँग फेस गर्न नचाहेको आरोप लगाइन् ।
सभामुखले हिजोको भेटमा नै आफूहरूले भोलि (शुक्रबार) १० बजे आउँछौं भनेको भए पनि सभामुखले सांसदहरूलाई छल्ने प्रयास थालेको बताए । ‘हामीले हिजो नै हामी १० बजे आउँछाैं भनेका थियौँ, तर आज उहाँले अहिले आउन सक्दिनँ भनेर जानकारी गराउनु भयो’ पाठकले भने सभामुख सधैं कार्यकक्षमै नआउने अवस्था त कसरी बन्ला र ? हामी उहाँलाई भेट्छौं र दोहोरो चरित्रले कसरी सभामुख पदको सम्मान रहन्छ भनेर सोध्छौं ।
सभामुखलाई कानुनानुसार १५ दिन
कुनै पनि दलले गरेको कारबाही सिफारिस कार्यान्वयन गर्न कानुनले सभामुखलाई १५ दिनको समय दिएको छ । नेकपा (एमाले) ले माधव नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना गएको मंगलबार संसद् सचिवालयमा दर्ता गरेको हो ।
त्यो कारबाही कार्यान्वयनमा किन हतारो गर्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा पाठकले आफूहरूले हतारो नगरेर सभामुखको कार्यशैलीमा प्रश्न मात्र उठाउन खोजेको बताए ।
उहाँले माओवादीले कारबाही गर्दा एउटा मापदण्ड लागु गर्नुभएको छ, सरिता गिरीलाई कारबाही गर्दा अर्को मापदण्ड लागु गर्नु भएको छ, पाठकले भनेफेरि एमालेले कारबाही गर्दा अर्कै मापदण्ड लागु गर्न खोजेको हो ? कि निर्वाचन आयोगको निर्णयपछि कारबाही उल्ट्याउन खोज्नु भएको हो ? यही प्रश्न हामी उहाँसँग सोध्न चाहन्छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply