कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो , आज देउवालाई प्रतिवेदन बुझाइने
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए ।
कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।
‘हामीले सदस्यतासम्बन्धी विवादलाई टुंगो लगाएका छौं । आइतबार (आज) अन्तिम रुप दिएर प्रतिवेदन बुझाउँछौं, उनले भने, म संयोजक रहेको समितिले धेरै विषयमा पहिला नै टुंगो लगाइसकेको थियो । केही विषय पार्टीलाई निर्णय गर्न भनिएको थियो । त्यसमा पनि हामीहरुले सहमति गरेका छौं । सबै कुरा टुंगियो भनेर बुझ्नुस् ।
क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको एक नेताले बताए ।
वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको बताए । ‘उहाँहरुले अहिलेसम्म भएका कामका बारेमा जानकारी दिनुभयो । सदस्यताको काम लगभग अन्तिम चरणमा पुगेको छ, उनले भने, सबै प्रक्रिया पूरा गरेर प्रतिवेदन बुझाउनुहुन्छ । कार्यतालिका अनुसार नै महाधिवेशन हुन्छ ।’ मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ ।
नेताहरुबीच टाढाको जिल्लाको क्रियाशील सदस्यता सूची तत्कालै पठाउने सहमति समेत भएको छ । कांग्रेसले भदौ २ सम्म सहमति गरी भदौ ३ गते सभापतिलाई प्रतिवेदन बुझाउने गरी सदस्यता विवाद टुंग्याउन तीन नेतालाई जिम्मा दिएको थियो । तर नेताहरुले ढिलो गरी सहमतिमा पुगेका हुन् ।
लेखक संयोजक रहेको समितिले साउन १२ गते सभापति देउवालाई क्रियाशील सदस्यतासम्बन्धी अन्तिम प्रतिवेदन बुझाएको थियो । समितिले देशभरका १५० भन्दा बढि वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति गरेको थियो भने बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सुल्झाउने जिम्मा पार्टीलाई दिएको थियो । क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको महाधिवेशन हुन नसक्ने भएपछि मंसिरमा नयाँ मिति तोकेको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply