कांग्रेसको क्रियाशील सदस्यता विवाद : समितिले आज प्रतिवेदन बुझाउने
७ भदौं, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज (सोमबार) बुझाउँदै छ । समितिले आज अपरान्ह ५ बजे प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यसका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग समय माग गरिएको समिति सदस्य रमेश लेखकले जानकारी गराए । आज त बुझाउनै भनेका छौं लेखकले भने, हिजो केही विषयमा मिलेको थिएन अहिले लगभग सहमति बनेको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले अपरान्ह ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । हिजो जनै पूर्णिमा पर्व पनि पर्यो, केही विषयमा विवाद पनि थियो उनले भने, आज साँझ ५ बजेपछि प्रतिवेदन बुझाउने कुरा छ ।
तर, देउवा निकट एक पदाधिकारीले भने आजै प्रतिवेदन बुझाउनेमा शंका व्यक्त गरे । हिजो पनि बिहानसम्म त मिलेकै भन्ने थियो, तर समितिले प्रतिवेदन बुझाउन सकेन उनले भने, हिजो बेलु्की बसेर भएका असमझदारीहरु हटाउने काम भएका छन्, आज सम्भवतः बुझाउँछन् कि समितिले सभापतिलाई नबुझाएसम्म मिति तोक्न नसकिने उनले बताए ।
गएको साउन ३० गते पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन । कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply