१० बुँदे कार्यान्वयनको मोडालिटी बन्ने
७ भदौ, काठमाडौं । नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरूको माग सम्बोधन गर्न १० बुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ सहित मोडालिटी बन्ने भएको छ ।
१० बुँदे सहमति अक्षरशः पालना भए एमालेमै बस्ने मनस्थितिमा रहेका नेताहरू यसबारे निर्णायक छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए । छलफलमा विघटित कार्यादलका नेताहरूसहित महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए ।
माधव नेपालले दल दर्ताका लागि निवेदन दिइसकेको र भोलिसम्म सनाखत गर्ने बेला संघीय संसद र केन्द्रीय कमिटीमा रहेका नेताहरूले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने भएकाले आजको बालकोट छलफललाई निर्णायक मानिएको छ ।
माधव नेपाललाई विभाजनमा साथ नदिएका केन्द्रीय सदस्य र सांसदहरूसहितको विगतको माधव नेपाल समूहको आधाभन्दा ठूलो हिस्सा भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतको समूहमा छ । त्यसलाई एमालेमै राख्न १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी बनिरहेको एक नेताले बताए ।
त्यसमा सहमतिपछि आजै साँझसम्म वा भोलि बिहानै माधव नेपाल छाडेका १० जना नेतासहितको स्थायी कमिटी बैठक बस्ने भएको छ । दश बुँदे कार्यान्वयनका सन्दर्भमा देखिने समस्या समाधान गर्न कार्यदलको समेत प्रस्ताव गरिएको छ ।
दश बुँदे कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई मनाउने जिम्मा यसअघि आइतबारको छलफलमै शंकर पोखरेलले लिएका थिए । कार्यदलमा रहेका माधवपक्षीय नेताहरूको सहमतिमै कार्यसूची बनाएर अध्यक्ष र महासचिवले स्थायी कमिटी बैठक बोलाउने नेता पोखरेलले बताएका छन् ।
दश बुँदे सहमतिको मुख्य स्पिरिट नेकपाकालमा समेटिएका नेताहरूसहित २०७५ जेठ २ अघिका एमालेका संरचनाहरू क्रियाशील गराउने र जहाँ समस्या पर्छ त्यहाँ कार्यदलले टुंगो लगाउने उनले बताए । त्यसबाहेक विधान महाधिवेशनका सन्दर्भमा माधव नेपाल छाडेर आउनेहरूका समेत सरोकार सम्बोधन गरेर अघि बढ्ने तयारी संस्थापन पक्षको छ ।
माधव नेपालको पार्टीमा नजानेहरू जेठ २ अघि जुन पदमा थिए त्यही पदमा रहने सहमति भएको छ । माधव नेपाल पक्षका ३० भन्दा बढी जिल्ला अध्यक्ष थिए । नेपालसँग नजानेहरूले अब जेठ २ अघिकै कमिटीको बैठक बोलाएर पार्टी गतिविधि अघि बढाउन पाउने गरी मोडालिटीमा छलफल भइरहेको छ ।
१० प्रतिशत केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा पनि सहमतिनजिक पुगेको छ । तर, ओलीले अब गुटका आधारमा डिल नहुने बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply