एमालेको स्थायी कमिटी बैठक आज बस्दै
८ भदौ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने एक नेताले बताए ।
माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए । एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका नौ जना स्थायी कमिटी सदस्यहरूसँग सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थायी कमिटी बैठकले १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने नेताहरुको भनाइ छ ।
ओली र नेपाल पक्षका ५-५ जना नेताहरु सम्मिलित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि २७ असारमा १० बुँदे सहमति तयार पारेको थियो । तर उक्त सहमति कार्यान्वयन नहुँदै नेता नेपालले आफ्नो अध्यक्षतामा नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply