नेपाल र ठाकुरको दल दर्ता आज
९ भदौं, काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् ।
यसअघि आयोगले दल दर्ताका लागि उनीहरुलाई बुधबार सनाखतका लागि बोलाएको थियो।
आयोगले दुबै दललाई सनाखतका लागि साढे २ घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।
तोकिएको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।
दल दर्ताको सनाखतका लागि नेपाल समूहका नेताहरु आज चन्द्रागिरी रिर्सोटबाट सिधै आयोग जादैछन् । सो समूहका केन्द्रीय सदस्य तथा सांसदहरु सोमबारदेखि नै चन्द्रागिरीमा जम्मा भएर बसेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply