एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै
१० भदौ,काठमाण्डौ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
पार्टी विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जानकारी दिए।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन्। निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। एमालेले यसअघि स्थायी कमिटी बैठक गरेर १० बुँदे सहमति कार्यान्वनमा लैजाने निर्णय गरेको थियो।
पहिले माधवकुमार नेपाललाई साथ दिएका १० स्थायी कमिटी सदस्य पनि एमालेमै सक्रिय भइसकेका छन्। एमालेले मंसिरमा महाधिवेशन पनि तोकेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply