सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने
१० भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने भएको छ । आज च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध अदालत जाने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाही अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । बैठकले पार्टीको कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरूद्ध पनि अदालत जाने निर्णय गरेको छ ।
निर्वाचन आयोगबाट विवादास्पद क्रियाकलाप भएका छन् । त्यहाँबाट पार्टीले कारबाही गरेका, उपस्थित नै नभएकालाई सनाखत गराउने भएको छ । अर्कोतिर सभामुखले पार्टीको पत्र अनुसार कारबाहीको सूचना टाँस नगरेर गम्भीर गल्ती गर्नुभएको छ । त्यसविरुद्ध पनि हामी कानुनसम्मत र संसदीय अभ्यास अनुसारको विरोध गर्छौ’, उनले भने ।
बैठकले एमाले छोडेर नयाँ दर्ता दल गरेकाहरूलाई निष्कासन गर्ने पनि निर्णय गरेको छ । तर, भुल सुधार गरेर आउनेलाई स्वागत गरिने ज्ञवालीले बताए । बैठकले १० बुँदेलाई तत्कालाई कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply