ओली र नेपालको एकैदिन एउटै बोली
१० भदौं, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेबाट विभिाजित भई हिजोमात्रै गठन भएको नयाँ पार्टी नेकपा (समाजवादीका) का अध्यक्ष माधवकुमार नेपालले आज एकै दिन फरक फरक मंचमा एउटै धारणा सार्वजानिक गरेका छन् ।
पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफूलाई सरकारबाट हटाउन मुख्य भुमिका माधव नेपालको रहेको बताए । आफूलाई हटाउनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको सहयोगी भुमिका मात्र रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, प्रचण्डलाई उचाल्ने, उमाले सरकार ढाल्ने सबै काम माधवले गरेका हुन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष ओलीले यसो भनिरहँदा उता नयाँ पार्टी गठनपछिको पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (समाजवादी) का अध्यक्ष नेपालले पनि ओलीको सो भनाईलाई पुष्टी गरे ।
सो पत्रकार सम्मेलनमा नेपालले ओली सरकार ढाल्ने जिम्मा आफूले पाएको सार्वजानिक अभिव्यक्ति दिएका थिए ।
‘माधवले पार्टी नै फुटाउलान् भन्ने लागेको थिएन’: ओली
केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफूलाई माधव नेपालले पार्टी नै फुटाई हाल्छन भन्ने लाग्दै नलागेको बताए । उनले भने, ‘गत बैशाख देखि अब के हुने हो भन्ने चाहिँ लागेको थियो तर पार्टी नै विभाजन गर्छन् भन्ने कल्पना नै गरेको थिईन ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply