ओली र नेपालको एकैदिन एउटै बोली
१० भदौं, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेबाट विभिाजित भई हिजोमात्रै गठन भएको नयाँ पार्टी नेकपा (समाजवादीका) का अध्यक्ष माधवकुमार नेपालले आज एकै दिन फरक फरक मंचमा एउटै धारणा सार्वजानिक गरेका छन् ।
पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफूलाई सरकारबाट हटाउन मुख्य भुमिका माधव नेपालको रहेको बताए । आफूलाई हटाउनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको सहयोगी भुमिका मात्र रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, प्रचण्डलाई उचाल्ने, उमाले सरकार ढाल्ने सबै काम माधवले गरेका हुन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष ओलीले यसो भनिरहँदा उता नयाँ पार्टी गठनपछिको पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (समाजवादी) का अध्यक्ष नेपालले पनि ओलीको सो भनाईलाई पुष्टी गरे ।
सो पत्रकार सम्मेलनमा नेपालले ओली सरकार ढाल्ने जिम्मा आफूले पाएको सार्वजानिक अभिव्यक्ति दिएका थिए ।
‘माधवले पार्टी नै फुटाउलान् भन्ने लागेको थिएन’: ओली
केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफूलाई माधव नेपालले पार्टी नै फुटाई हाल्छन भन्ने लाग्दै नलागेको बताए । उनले भने, ‘गत बैशाख देखि अब के हुने हो भन्ने चाहिँ लागेको थियो तर पार्टी नै विभाजन गर्छन् भन्ने कल्पना नै गरेको थिईन ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply