कांग्रेसको वडा अधिवेशन भदौ २२ मा हुने
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय अधिवेशनको कार्यतालिका केही हेरफेर गर्ने तयारी भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिहरुको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गरेर भदौ १८ गते सुरु हुने वडा अधिवेशन भदौ २२ गते गर्न शीर्ष नेतृत्वबीच सहमति जुटिसकेको छ ।
विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिहरुको माग लगायतका विषयमा छलफल भएको थियो ।
सोही क्रममा वडा अधिवेशन केहीदिन सार्ने विषयमा छलफल भएको बताइन्छ । तत्कालका लागि जिल्ला सभापतिको माग पूरा गरी अनसन अन्त्य गर्ने र सम्भव भए भदौ १८ नभए भदौ २२ मा वडा अधिवेशन गर्ने सहमति देउवा र पौडेलबीच भएको हो । वडा अधिवेशन भदौ २२ मा हुने वा भदौ १८ मै हुने भन्नेमा भने तत्काल निर्णय हुनेछैन ।
निर्वाचन समिति, जिल्ला सभापति र समग्रतामा हेर्दा भदौ १८ लाई तयारी नपुग्न सक्छ । त्यसैले वडा अधिवेशन ४ दिन सर्ने सम्भावना छ, कांग्रेसका एक शीर्ष नेताले भने ।
ती नेताका अनुसार भदौ २२ मा वडा अधिवेशन भएपनि अन्य अधिवेशनको मिति भने यथावत राखिनेछ । अनसन अन्त्य गर्ने सन्दर्भमा पहाडी जिल्लाका सभापतिहरुले तयारीका लागि थप केही दिन आवश्यक पर्ने बताएका थिए ।
निर्वाचन समितिसंगको समन्वयमा वडा अधिवेशन भदौ २२ मा गर्ने निर्णय क्रियाशील सदस्यताको पूर्ण सूची सार्वजनिक भएलगत्तै गर्ने तयारी छ ।
सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सबै वडाको अधिवेशन एकैदिन गर्ने सहमति भएकोले पनि वडा अधिवेशन भदौ २२ मा पुग्ने निश्चित भएको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply