कांग्रेसको वडा अधिवेशन भदौ २२ मा हुने
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय अधिवेशनको कार्यतालिका केही हेरफेर गर्ने तयारी भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिहरुको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गरेर भदौ १८ गते सुरु हुने वडा अधिवेशन भदौ २२ गते गर्न शीर्ष नेतृत्वबीच सहमति जुटिसकेको छ ।
विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिहरुको माग लगायतका विषयमा छलफल भएको थियो ।
सोही क्रममा वडा अधिवेशन केहीदिन सार्ने विषयमा छलफल भएको बताइन्छ । तत्कालका लागि जिल्ला सभापतिको माग पूरा गरी अनसन अन्त्य गर्ने र सम्भव भए भदौ १८ नभए भदौ २२ मा वडा अधिवेशन गर्ने सहमति देउवा र पौडेलबीच भएको हो । वडा अधिवेशन भदौ २२ मा हुने वा भदौ १८ मै हुने भन्नेमा भने तत्काल निर्णय हुनेछैन ।
निर्वाचन समिति, जिल्ला सभापति र समग्रतामा हेर्दा भदौ १८ लाई तयारी नपुग्न सक्छ । त्यसैले वडा अधिवेशन ४ दिन सर्ने सम्भावना छ, कांग्रेसका एक शीर्ष नेताले भने ।
ती नेताका अनुसार भदौ २२ मा वडा अधिवेशन भएपनि अन्य अधिवेशनको मिति भने यथावत राखिनेछ । अनसन अन्त्य गर्ने सन्दर्भमा पहाडी जिल्लाका सभापतिहरुले तयारीका लागि थप केही दिन आवश्यक पर्ने बताएका थिए ।
निर्वाचन समितिसंगको समन्वयमा वडा अधिवेशन भदौ २२ मा गर्ने निर्णय क्रियाशील सदस्यताको पूर्ण सूची सार्वजनिक भएलगत्तै गर्ने तयारी छ ।
सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सबै वडाको अधिवेशन एकैदिन गर्ने सहमति भएकोले पनि वडा अधिवेशन भदौ २२ मा पुग्ने निश्चित भएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply