हामी एकताको तमसुक हेरेर मख्ख पर्यौँ, ओलीले प्रधानमन्त्री लगेको लग्यै गरे
१२ भदौ,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन अवस्थामा नेकपा एमालेसँग गरिएको एकताबाट कुनै उपलब्धी हुन नसकेको बताएका छन्।
भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष दाहालले एमालेसँगको एकताले आफूलाई पछुतो हुने अवस्था आएको पनि बताए।
उनले केपी शर्मा ओलीले प्रधानमन्त्री पदका लागि एमाले र माओवादीबीच एकता गराएको कुरा आफूले अहिले आएर मात्रै बुझेको पनि दाहालले बताए।
एमाले-माओवादी एकताका नाममा ओलीले त प्रधानमन्त्री प्राप्त गर्न ठगीधन्दा पो चलाएका रहेछन्, उनले भने, देशको कम्युनिष्ट शक्तिलाई बलियो बनाउन भनेर एकता गरेका थियौँ। हामी यता एकताको तमसुक हेरेर बस्यौँ। उता ओलीले प्रधानमन्त्री पद लगेको लग्यै गरे।
आफूलाई अहिले पनि केपीसँगको एकताबाट के पाइस् भनेर सोधिने गरेको उनले बताए। ‘अस्ति भर्खर पनि पाँच दलको बैठकमा मलाई कांग्रेससहितका साथीहरुले यही कुरा सोध्नु भयो उनले भने, अरु मैले के भनौँ र केपीसँगको एकताबाट ज्ञान प्राप्त गरेर आएँ भनिदिएँ।
उनले ओलीले मनपरी गरे पनि उनलाई सत्ताबाट झारेरै छाडेको पनि बताए। ‘वादशाहलाई घोडाबाट ढाले जसरी ओलीलाई सत्ताबाट ढाल्यौँ’, उनले भने, ‘अब हामी यस्ता प्रवृत्तिसँग लड्दै औजार समातेर सांस्कृतिक रुपान्तरणका लागि होमिनुपर्छ। अब हामीले समाजवादको नयाँ सेना बन्नु छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply