प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता
१३ भदौ,काठमाण्डौ । बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे केन्द्रित छ। प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।
कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै छन्। अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।
कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन। सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ।
कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा सरकारमा जाने तयारीमा छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। उनीहरू पनि सरकारमा जाने वा नजाने भन्ने टुंगोमा पुगिसकेका छैनन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply