१६ भाद्र २०७८, बुधबार ०७:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश १ का १० एमाले सांसदले रोजे नेकपा एस, सनाखतका लागि निर्वाचन आयोग जाँदै
१६भदौ, काठमाडौं । प्रदेश नम्बर १ का नेकपा एमालेका १० जना सांसदले नेकपा (एस) रोजेका छन् । नेकपा एमाले छाड्ने १० जना प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुग्दैछन् ।
आफूहरू १० जना नेकपा एसको पक्षमा उभिएको र अहिले आयोगमा जान लागेको खोटाङबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य राजन राईले बताए ।
प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् ।
नेकपा एमाले छाड्ने प्रदेशसभा सदस्यहरु यस प्रकार छन् ।
१. राजेन्द्र राई
२. राजन राई
३. पदमकुमारी गुरुङ
४. सरिता थापा
५. सुनिता चौधरी
६. उपेन्द्र घिमिरे
७. कृष्णकुमारी राई
८. गणेश काङवाङ
९. खिनु लङ्वा लिम्बु
१०. सावित्री रेग्मी
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply