म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन : मुख्यमन्त्री शाक्य
१६ भदौ, बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेकोे बताएकी छन् । बुधबार नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै आफू कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् ।
म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन, मुख्यमन्त्री शाक्यले भनिन् । आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजन प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् । मुख्यमन्त्री शाक्यले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने बताइन् ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेतृ शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए । एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply