विवाद बढेपछि कानुन व्यवसायीको भेलामा गएनन् ओली
१८ भदौं, काठमाडौं । विवाद हुने देखिए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी निकट कानुन व्यवसायीहरुको भेलामा नजाने निष्कर्षमा पुगेका छन् । ओलीलाई प्रमुख अतिथि बनाएर एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) ले शुक्रबार दिउँसो २ बजेका लागि ललितपुरको च्यासलमा पुनर्जागरण भेला राखेको थियो ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा तय गरिएको उक्त भेलामा एमाले नेताहरुको सुझावपछि ओलीले अन्तिम समयमा उपस्थित नहुने निर्णय लिएका हुन् । पीपीएलएले ओलीलाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोलाएको थियो ।
असार २७ मा भएको १० बुँदे सहमति अनुसार एमाले एकता अघि बढिरहेको अवस्थामा अर्को पक्षले पीपीएलएका अध्यक्ष रुद्र नेपाललाई थाहै नदिइ कार्यक्रम राखेपछि विवाद भएको थियो । कानुन व्यवसायीहरुबीच नै विवाद भइरहेका बेला उक्त कार्यक्रममा जाँदा पार्टीमै नयाँ समस्या देखिने भएपछि ओली त्यस कार्यक्रममा नगएका हुन् ।
ओलीलाई एमाले नेता रघु पन्तसहितले विवाद जन्मिन सक्ने भएकाले त्यस कार्यक्रममा उपस्थित नहुन सुझाएका थिए । २०७५ जेठ २ अघिसम्म पीपीएलएका इन्चार्ज रहेका पन्तले भेला रोक्न भने पनि महासचिव ईश्वरी भट्टराईसहितले नरोक्ने अडान लिएका थिए । उनीहरुले अध्यक्ष नेपाललाई पनि थाहै नदिइ उक्त कार्यक्रम तय गरेका थिए ।
भट्टराईले भेला नरोक्ने अडान लिएका बेला ओलीले कार्यक्रममा नजाने निर्णय लिएका हुन् । उनको सचिवालयका अनुसार आज आराम गर्ने भन्दै ओली बालकोट नै बसेका छन् । अध्यक्ष नेपालले भने पीपीएलएको अध्यक्ष आफू भएकाले २०७५ जेठ अगाडिको संरचना अनुसार कार्यक्रम हुनुपर्ने अडान लिए । उनले उक्त भेलामा आफूसहित अन्य कानुन व्यवसायीलाई पनि नजान भनेको सुनाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply