कैलालीमा विङ्गर र अटो रिक्सा जुध्दा तीन जनाको मृत्युु, पाँच घाइते
१९ भदौं, कैलाली । कैलालीमा विङ्गर र अटो रिक्सा जुध्दा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले दुुर्घटनामा परेर अटोमा सवार घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको मृत्युुु भएको जानकारी दिए ।
गम्भीर घाइते भएकाउनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए । उनका अनुुसार दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका–९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका–१० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् ।
उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्येका सुरेन्द्र चौधरी अटो चालक हुन् भने रावल विङ्गरका सहचालक हुन् । विङ्गरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply