देउवा र प्रचण्डलाई ओलीको प्रश्न : एमसीसी के गर्ने ?
१९ भदौं ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नैप्रश्न बर्षाएका छन् ।
आज (शनिबार) नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे के गर्ने भन्दै जवाफ मागेका छन् । एमसीसी झुक्याएर पारित गर्न खोजेको आरोप लगाउँदै ओलीले भने, ‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नु पर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नु पर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप छन् ।
ओलीले उत्तरी छिमेकी चीनसँग सीमा विवाद नरहेको भन्दै कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाएको भन्ने प्रश्न गरे । पार्टीका पूर्वनेता माधव नेपालप्रति क्रुद्ध देखिएका ओलीले भने, ‘दुनियाँ देश गएँ, तर माधव नेपाल जस्तो लाजशरम पचेको मान्छे कतै देखिनँ ।
वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गरेको भन्दै उनले नेपालको आलोचना गरेका हुन् । उनले आफूले जस्तो अरुले विकास गर्न नसक्ने दावी गर्दै अब मेलम्चीको पानी ल्याउन पनि एमाले कै सरकार चाहिने जिकिर पनि गरे । अहिलेको सरकारले ल्याउन नसक्ने ठोकुवा गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply