देउवा र प्रचण्डलाई ओलीको प्रश्न : एमसीसी के गर्ने ?
१९ भदौं ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नैप्रश्न बर्षाएका छन् ।
आज (शनिबार) नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे के गर्ने भन्दै जवाफ मागेका छन् । एमसीसी झुक्याएर पारित गर्न खोजेको आरोप लगाउँदै ओलीले भने, ‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नु पर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नु पर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप छन् ।
ओलीले उत्तरी छिमेकी चीनसँग सीमा विवाद नरहेको भन्दै कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाएको भन्ने प्रश्न गरे । पार्टीका पूर्वनेता माधव नेपालप्रति क्रुद्ध देखिएका ओलीले भने, ‘दुनियाँ देश गएँ, तर माधव नेपाल जस्तो लाजशरम पचेको मान्छे कतै देखिनँ ।
वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गरेको भन्दै उनले नेपालको आलोचना गरेका हुन् । उनले आफूले जस्तो अरुले विकास गर्न नसक्ने दावी गर्दै अब मेलम्चीको पानी ल्याउन पनि एमाले कै सरकार चाहिने जिकिर पनि गरे । अहिलेको सरकारले ल्याउन नसक्ने ठोकुवा गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply