एमाले संखुवासभामा ३५ सदस्य नेकपा एकीकृत समाजवादीमा
२० भदौं, संखुवासभा । नेकपा एमाले संखुवासभा अध्यक्षसहित ३५ सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित कमिटीका ३५ सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।
शनिबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एसलाई समर्थन गर्ने घोषणा गरेका हुन् । एमालेको साविक २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन् ।
सचिवालय सदस्य ऋषिकेशव चापागाईं, कृष्ण तामाङ, मानसिं पोखरेल, बद्रि सापकोटा, सुमन शाक्य, केशर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङ नेकपा एसमा लागेको अध्यक्ष घिमिरेले बताए ।
यस्तै जिल्ला समन्वय समितिका सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको उनले जनाए ।
एमाले पूर्व अध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेश डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ नेकपा एसमा खुलिसकेका छन् भने जिल्ला उपाध्यक्ष भीम लिंखा कतै खुलेका छैनन् । लिंखा नेपाल पक्षमा रहँदै आएका थिए । सोमबारसम्म चल्ने बैठकले आगामी रणनीति तयार गर्ने घिमिरेले बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply