पन्जसिर प्रान्त पनि तालिबानको कब्जामा
२१ भदौं , काबुल । अन्ततः तालिबानसँग अफगानिस्तानको पन्जसिर प्रान्त पनि पराजित भएको छ । त्यहाँ तालिबानविरुद्ध युद्धरत रेजिस्टेन्स फोर्सका सेनाले हार खाएका हुन् ।
तालिबानले पन्जसिरको गभर्नर हाउस (राज्य पालको कार्यालय) मा आफ्नो झण्डा फहराएको छ । अब पूरै अफगानिस्तान तालिबानले कब्जा गरेको छ ।
Aśvaka– آسواکا News Agency का अनुसार तलको तस्बिरमा तालिबान संगठनका सदस्यहरू पन्जसिर गभर्नर कार्यालय भवनअगाडि उभिएको देखिन्छ । उनीहरूको दाबी छ– प्रान्त (पन्जसिर) अब पूरै हाम्रो नियन्त्रणमा आइसक्यो ।
यद्यपि, तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले यो दाबी अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अली मेसमले बीबीसीसँग भने, ‘यो साँचो होइन, तालिबानले पञ्जशीरमाथि कब्जा जमाएको छैन । म यो दाबी अस्वीकार गर्छु ।
तर सोसल मिडियामा सार्वजनिक भइरहेका तस्बिरमा तालिबान लडाकू प्रान्तिय गभर्नरको कम्पाउण्डको ढोका अगाडि उभिरहेको देखिएका छन् । बीबीसीले स्वतन्त्र रुपमा यसको पुष्टि नगरेको बताएको छ । आइतबार विरोधी गुटको अफगानका नेता अहमद मसूदले आफूहरु तालिबानको सैन्य अभियान रोक्नका लागि शान्तिवार्ताका लागि इच्छुक भएको बताएका थिए । तालिबानले आफ्नो बयानमा अफगानका जनताले अब शान्तिपूर्ण, समृद्ध जीवन, स्वतन्त्रताको आनन्द र भाइचारा प्राप्त गर्ने बताएको छ । एजेन्सी
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply