कांग्रेसको २१ जिल्लामा वडा अधिवेशन स्थगित
२१ भदौं,काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले ५६ जिल्लामा वडा अधिवेशन धमाधम भइरहेको छ ।
क्रियाशील सदस्यता सार्वजनिक भएकामध्ये धेरै जिल्लामा वडा अधिवेशन सर्वसम्मत भएका छन् । केहीमा भने निर्वाचनमार्फत वडा कमिटी चुनिएका छन् ।
७७ जिल्लामध्ये २१ जिल्लामा भने कांग्रेसको वडा अधिवेशन तत्काल नहुने भएको छ । नेपाली कांग्रेसले २३ भदौभित्र वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि निर्वाचित छान्ने र २७ भदौमा पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर, २१ जिल्लामा क्रियाशील विवाद टुंग्याउन बाँकी रहेकाले ती जिल्लामा वडा र पालिका अधिवेशन दुवै प्रभावित बन्ने भएको हो । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल, सुनिलबहादुर थापा राप्रपा र अखण्ड नेपाल पार्टीबाट आएकाहरूको क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन नहुने निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए ।
‘लोकतान्त्रिक फोरम अहिले पहिले पठाएको नाम र अहिले क्रियाशील सदस्यता नवीकरण गर्दा पठाएका नामको छानबिन हुँदैछ’, उनले भने, ‘जसले गर्दा विवाद टुंगो लगाउन केही समय लाग्ने भएकाले २३ भदौभित्र २१ जिल्लामा वडा अधिवेशन सम्भव छैन ।
खासगरी प्रदेश १ र २ मा क्रियाशील विवाद टुंगिन बाँकी भएको उनले बताए । ‘आजै विवाद टुंग्याए पनि निर्वाचन अधिकृत तोक्न र जिल्ला जिल्ला पठाउन, चुनावी सामग्री छपाइ गर्न पनि सम्भव छैन’, उनले भने, ’त्यसैले २१ जिल्लामा २७ भदौमा हुने पालिका अधिवेशन समेत हुने सम्भावना छैन ।
कांग्रेसले ७७ वटै जिल्लाका ६,७४३ वटा वडामा भदौ १८ गते वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अरू दलबाट समायोजन भएर आएकालाई सदस्यता दिने मापदण्डका विषयमा २१ जिल्लाको सदस्यता सूची अड्केको नेताहरू बताउँछन् ।
प्रदेश–१ मा मोरङको सदस्यता सूची सार्वजनिक भएको छैन । प्रदेश–२ का सबै ८ जिल्लाहरु सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साको सूची आउन बाँकी छ ।
बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको पनि सदस्यता सार्वजनिक भएको छैन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply