कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने
२१ भदौं , काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन् । पौडेल १३ औं महाधिवेशनदेखि नै नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । १४ औं महाधिवेशनमा पनि उनले सिटौला समूहबाटै महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका हुन् ।
१४ औं महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको पौडेलले जानकारी दिए । ‘मैले महामन्त्रीमा उम्मेदवारी दिने हो । आफ्नो तयारी अघि बढाइसकेको छु,’ पौडेलले भने, ‘महाधिवेशन भन्दा अघि पूरा गर्नुपर्ने क्रियाशील सदस्यता छानबिनको काम पूरा गर्नुपर्ने छ । यो पार्टीले दिएको जिम्मेवारी हो । यो पूरा भएपछि औपचारिक रुपमै घोषणा गर्छु ।’
१३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिएका थिए । यस पटक पनि थापाले महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, उनले सिटौला समूहसहित संस्थापन इतर पक्षको एकतामा जोड दिएका छन् ।
गगनले आफ्नो साथ छाड्ने देखेपछि सिटौलाले पौडेललाई महामन्त्रीमा उम्मेदवारी दिन प्रस्ताव गरेका थिए । पौडेलले त्यहीअनुसार महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
पौडेलले १३ औं महाधिवेशनमा खुलातर्फ छैटौं नम्बरमा केन्द्रीय सदस्य जितेका थिए । त्यसबेला उनले एक हजार सात सय नौ महत पाएका थिए । १२ औं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्यमा पराजित भए । उनलाई सभापति सुशील कोइरालाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
पार्टीभित्र युवा र विद्यार्थीमाझ लोकप्रिय नेता पौडेलले अमृत साइन्स क्याम्पसबाट विद्यार्थी राजनीति शुरु गरेका थिए । उनी स्ववियू सभापति समेत भए । नेविसंघमा केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय अध्यक्ष समेत बने । तनहुँ–२ (क) बाट ०७४ को प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेल नेकपाकी उम्मेदवार आशा कोइरालासँग पाँच मतले पराजित भएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply