कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने
२१ भदौं , काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन् । पौडेल १३ औं महाधिवेशनदेखि नै नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । १४ औं महाधिवेशनमा पनि उनले सिटौला समूहबाटै महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका हुन् ।
१४ औं महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको पौडेलले जानकारी दिए । ‘मैले महामन्त्रीमा उम्मेदवारी दिने हो । आफ्नो तयारी अघि बढाइसकेको छु,’ पौडेलले भने, ‘महाधिवेशन भन्दा अघि पूरा गर्नुपर्ने क्रियाशील सदस्यता छानबिनको काम पूरा गर्नुपर्ने छ । यो पार्टीले दिएको जिम्मेवारी हो । यो पूरा भएपछि औपचारिक रुपमै घोषणा गर्छु ।’
१३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिएका थिए । यस पटक पनि थापाले महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, उनले सिटौला समूहसहित संस्थापन इतर पक्षको एकतामा जोड दिएका छन् ।
गगनले आफ्नो साथ छाड्ने देखेपछि सिटौलाले पौडेललाई महामन्त्रीमा उम्मेदवारी दिन प्रस्ताव गरेका थिए । पौडेलले त्यहीअनुसार महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
पौडेलले १३ औं महाधिवेशनमा खुलातर्फ छैटौं नम्बरमा केन्द्रीय सदस्य जितेका थिए । त्यसबेला उनले एक हजार सात सय नौ महत पाएका थिए । १२ औं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्यमा पराजित भए । उनलाई सभापति सुशील कोइरालाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
पार्टीभित्र युवा र विद्यार्थीमाझ लोकप्रिय नेता पौडेलले अमृत साइन्स क्याम्पसबाट विद्यार्थी राजनीति शुरु गरेका थिए । उनी स्ववियू सभापति समेत भए । नेविसंघमा केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय अध्यक्ष समेत बने । तनहुँ–२ (क) बाट ०७४ को प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेल नेकपाकी उम्मेदवार आशा कोइरालासँग पाँच मतले पराजित भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply