२१ भाद्र २०७८, सोमबार ०९:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) बन्यो सबैभन्दा ठूलो दल
२१,भदौ काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ।
सोमबार थप एक जना सांसदले नेकपा (एमाले) छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेकी छन्। प्रदेश सांसद सुशीला बुढाथोकीका अनुसार सोमबार माया तामाङ बोहोराले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेकी हुन्।
योसँगै एकीकृत समाजवादीका पक्षमा १४ सांसद पुगेका छन्। ५२ सदस्यीय प्रदेश सभामा यसअघि एमालेका सभामुखसहित २५ जना सांसद थिए। पार्टी विभाजन भएपछि एमालेमा ११ जना सांसदमात्र बाँकी रहेका छन्।
प्रदेश सभामा अब माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ। प्रदेश सरकार चलाइरहेको माओवादीका १३ जना सांसद छन्। नेपाली कांग्रेसका १२ जना सांसद छन् भने जनता समाजवादी पार्टीका २ जना सांसद छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply