‘तुइन’ प्रकरणमा सरकार नबोलेको भन्दै ओलीको कटाक्ष : घरको बाघ, वनको स्याल
२१ भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि सरकार चुइक्क बोल्न नसकेको आरोप लगाएका छन् ।
युवा संघले आज (सोमबार) राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताए । भारतले यसबारे थाहा छैन भनेको भन्दै उनले अघि भने, यो सरकारले थाहा दिन सक्दैन । सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइक्क नबोलेको भन्दै उनले भने, यसलाई भन्छ घरको बाघ, वनको स्याल ।
‘भुलचुकले कपाल फुल्यो, म आफूलाई युवा नै ठान्छु’
अध्यक्ष ओलीले आफूले आफूलाई युवा नै ठान्ने गरेको बताएका छन् । कार्यक्रममा उनले आफ्नो भुलचुकले कपाल फुलेको बताए । ‘युवा संघको पनि म अध्यक्ष नै हो । म अहिलेसम्म भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो । तर, म आफूलाई युवा–युवा ठान्छु ।
कार्यक्रममा ओलीले एमाले सरकारबाट हटे पनि जनता आफ्नै पार्टीमा आइरहेको दाबी गरे । ‘नेकपा एमालेलाई स–साना झुण्ड मिलेर । जालझेल गरेर खेद्न खोज्छन् । एमाले सरकारबाट हटेको छ । जनता एमालेमा प्रवेश गरेको छ’, उनले भने । एमाले सरकारमा भए नभएमा फरक नपर्ने उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply