अग्नि सापकोटाप्रति ओलीको आक्रोश : तपाई सभामुख हो कि गठबन्धनको प्यादा ?
२१ भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् । आज (सोमबार) युवा संघको कार्यक्रममा उनले आगामी संसद्को बैठकमा सभामुखमाथि प्रश्न गरिने बताए ।
पर्सी संसद शुरु हुँदैछ । हामीले सोध्नै पर्ने हुन्छ सभामुखलाई, सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता र गठबन्धनको मतियार हो कि एमालेविरुद्धको साँटगाठकर्ता ? जालीझेली काम गर्ने एउटा मोहोरा हो कि रु के हो सभामुख भन्या ?, उनले प्रश्न गरे ।
उनले सभामुखलाई प्रमुख प्रतिपक्षी फुटाउन षड्यन्त्रको हिस्सेदार र षड्यन्त्रको अङ्ग भएको आरोप पनि लगाए । ‘अग्निप्रसाद सापकोटा सभामुख हो कि, गठबन्धनको प्यादा हो ? एमालेविरुद्ध षड्यन्त्र गर्ने अखडा हो ? हामीले सोध्नै पर्ने हुन्छ’, उनले भने ।
कार्यक्रममा ओलीले पार्टी छाडेकाहरूले सरकार बनाउन नसक्ने दाबी पनि गरे ।
पार्टी छोडेका लोभीपापीहरू अब सरकार बनाउन सक्दैनन् । छलि काम गरेर ल्याएको २० प्रतिशतको अध्यादेश टुंग्याई दिने रे !’, ओलीले भने । उनले जालझेल गरेर राति १२ बजे अध्यादेश ल्याएको पनि बताए । उनले निर्वाचन आयोगमा सेटिङ गरेर अध्यादेश नल्याउँदै नियमावली संशोधन थालेको पनि आरोप लगाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply