अग्नि सापकोटाप्रति ओलीको आक्रोश : तपाई सभामुख हो कि गठबन्धनको प्यादा ?
२१ भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् । आज (सोमबार) युवा संघको कार्यक्रममा उनले आगामी संसद्को बैठकमा सभामुखमाथि प्रश्न गरिने बताए ।
पर्सी संसद शुरु हुँदैछ । हामीले सोध्नै पर्ने हुन्छ सभामुखलाई, सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता र गठबन्धनको मतियार हो कि एमालेविरुद्धको साँटगाठकर्ता ? जालीझेली काम गर्ने एउटा मोहोरा हो कि रु के हो सभामुख भन्या ?, उनले प्रश्न गरे ।
उनले सभामुखलाई प्रमुख प्रतिपक्षी फुटाउन षड्यन्त्रको हिस्सेदार र षड्यन्त्रको अङ्ग भएको आरोप पनि लगाए । ‘अग्निप्रसाद सापकोटा सभामुख हो कि, गठबन्धनको प्यादा हो ? एमालेविरुद्ध षड्यन्त्र गर्ने अखडा हो ? हामीले सोध्नै पर्ने हुन्छ’, उनले भने ।
कार्यक्रममा ओलीले पार्टी छाडेकाहरूले सरकार बनाउन नसक्ने दाबी पनि गरे ।
पार्टी छोडेका लोभीपापीहरू अब सरकार बनाउन सक्दैनन् । छलि काम गरेर ल्याएको २० प्रतिशतको अध्यादेश टुंग्याई दिने रे !’, ओलीले भने । उनले जालझेल गरेर राति १२ बजे अध्यादेश ल्याएको पनि बताए । उनले निर्वाचन आयोगमा सेटिङ गरेर अध्यादेश नल्याउँदै नियमावली संशोधन थालेको पनि आरोप लगाए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply