प्रचण्डले भने : एमसीसी तत्काल पास हुँदैन
२२भदौ , काठमाण्डौ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास नहुने बताएका छन्।
भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पास नहुने बताएका हुन्।
हामीले अमेरिकालाई कूटनीतिक नोट पठाएका छौँ, जवाफ आएको छैन, वाईसीएलको बैठकमा प्रचण्डले भने, तत्काल एमसीसी पास हुँदैन।
पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी पारित गर्ने तयारी गरिरहेका बेला सत्ता साझेदार दलका अध्यक्षबाट यस्तो धारणा आएको हो।
एमसीसी पास गर्ने तयारीसँगै नेपालमा चर्को विरोध भइरहेको छ। एमसीसीबारे भएको विरोधलाई लिएर गृहमन्त्रालयले शुक्रबार र आइतवार दुई विज्ञप्ति निकालेर विरोधमा नउत्रिन चेतावनी दिएको छ।
तर सोमबार राति सामाजिक सञ्जालमा अमेरिकी दूतावासले एमसीसीलाई लिएर हुने तथ्यपरक आलोचनालाई स्वीकार गरिने जनाएको थियो।
नेपाल एमसीसीलाई लिएर अनिर्णित भइरहेका बेला सत्तारुढ जनमोर्चा नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिरकारीले आन्दोलन घोषणा गरिसकेका छन्।
यसैबीच एमसीसीसँग सन् २०१७ मा भएको को सम्झौता कार्यान्वयनमामा ढिलाइ भइरहँदा एमसीसी उपाध्यक्ष फातेमा जे सुमर बिहीबार नेपाल आउँदैछिन्।
उनीसँग एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउँदैछन्। उनीहरु नेपाल आउने भएसँगै बढेको विरोधबीच सरकारले देशभरको सुरक्षा व्यवस्था पनि कडा बनाएको छ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply