प्रचण्डले भने : एमसीसी तत्काल पास हुँदैन
२२भदौ , काठमाण्डौ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास नहुने बताएका छन्।
भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पास नहुने बताएका हुन्।
हामीले अमेरिकालाई कूटनीतिक नोट पठाएका छौँ, जवाफ आएको छैन, वाईसीएलको बैठकमा प्रचण्डले भने, तत्काल एमसीसी पास हुँदैन।
पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी पारित गर्ने तयारी गरिरहेका बेला सत्ता साझेदार दलका अध्यक्षबाट यस्तो धारणा आएको हो।
एमसीसी पास गर्ने तयारीसँगै नेपालमा चर्को विरोध भइरहेको छ। एमसीसीबारे भएको विरोधलाई लिएर गृहमन्त्रालयले शुक्रबार र आइतवार दुई विज्ञप्ति निकालेर विरोधमा नउत्रिन चेतावनी दिएको छ।
तर सोमबार राति सामाजिक सञ्जालमा अमेरिकी दूतावासले एमसीसीलाई लिएर हुने तथ्यपरक आलोचनालाई स्वीकार गरिने जनाएको थियो।
नेपाल एमसीसीलाई लिएर अनिर्णित भइरहेका बेला सत्तारुढ जनमोर्चा नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिरकारीले आन्दोलन घोषणा गरिसकेका छन्।
यसैबीच एमसीसीसँग सन् २०१७ मा भएको को सम्झौता कार्यान्वयनमामा ढिलाइ भइरहँदा एमसीसी उपाध्यक्ष फातेमा जे सुमर बिहीबार नेपाल आउँदैछिन्।
उनीसँग एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउँदैछन्। उनीहरु नेपाल आउने भएसँगै बढेको विरोधबीच सरकारले देशभरको सुरक्षा व्यवस्था पनि कडा बनाएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply