एकीकृत समाजवादीमा जान पाउँ भन्ने माग गर्दै सांसद पाण्डे र भट्ट सर्वोच्चमा
२३ भदौं, काठमाडौं। नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।
बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्च अदालतमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरी दिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन् । उनीहरुले हालसम्मको अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरुमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन् ।
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका थिए । तर पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरुको नाममा सनाखत गर्न अस्वीकार गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply