एमसीसी उपाध्यक्ष फातिमाको पहिलो राजनीतिक भेट ओलीसँग
२४ भदौं, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीको पहिलो राजनीतिक भेट पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग हुने भएको छ ।
सुमारसहितको टोली कतार एअरवेजको जहाजबाट बिहीबार बिहान साढे ९ बजे काठमाडौं उत्रिएको थियो । टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबै जना सिधै मेरिएट होटल गएका उनीहरुले अमेरिकी राजदूत र्याण्डी बेरीको कमलादीस्थित निवासमा बिहानको खाना खाएर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवासँग भने प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री ओलीसँग भेट गरेपछि मात्रै भेट्ने कार्यक्रम रहेको बताइएको छ । टोलीले अरु राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।
आजै उनीहरूले याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए–नेपाल) को निरीक्षण गर्ने कार्यक्रम पनि छ । एमसिसी परियोजनाबारे नेपालमा चर्को विरोध भइरहेका बेला सुमारसहितको टोली नेपाल भ्रमण आएको हो । टोलीले एमसीसी परियोजनाबारे उठेका प्रश्नहरुको उच्च राजनीतिक तहमा प्रष्ट्याउने प्रयास गर्नेछन् । गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन भने एमसीसी पारित गर्ने उद्देश्यसहितका लागि बुधबारबाट संसद बैठक पनि बोलाइएको छ ।
अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने सम्बन्धि सम्झौता भइसके पनि संसदबाट अनुमोदन गराउनुपर्ने शर्तका कारण सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । सुमारसहितका अधिकारीहरु नेपाल आउनु पूर्व एमसीसीले सरकारले सोधेका विभिन्न प्रश्नको उत्तर पठाएको थियो । अमेरिकाले एमसिसी परियोजना कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको तथा नेपालको संविधानभन्दा माथि पनि नरहेको जवाफ पठाएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply