एमसीसी उपाध्यक्षले भेट्ने भएपछि बालुवाटारमा सत्ता गठबन्धनको बैठक
२४ भदौं, काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमारले राजनीतिक भेटघाट गर्ने भएपछि सरकारमा रहेका सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । एमसीसी उपाध्यक्ष सुमारको टोलीले प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटघाट शुरु गरेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसेका हुन् ।
बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । यस्तै एमसीसीका तर्फबाट बुधबार आएको जवाफको विषयमा छलफल गरेर साझा धारणा बनाउन लागिएको शीर्ष नेताहरुको छलफलमा अर्थमन्त्री जनार्दशन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी छन् ।
बैठक मुख्यगरी एमसीसी, सरकार विस्तारकै विषयमा केन्द्रित रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । सत्तारुढ दलका चार शीर्ष नेताहरुको बैठक बस्नुअघि बिहीबार बिहान प्रचण्ड, नेपाल र यादवबीच हात्तीवनमा छलफल भएको थियो । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार चार दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् ।
सुमारलगायतको प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेको छ । भेटघाटमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष ओलीले उपाध्यक्ष सुमारलाई एमसीसीबारे आफूहरुले हतारमा धारणा नबनाउने बताएका छन् । उनले पहिला सरकारमा बस्नेले ‘पोजिसन’ बनाउनु पर्ने जवाफ दिएका छन् । सत्तारुढ दलका शीर्ष नेताहरुबीच संसदलाई प्रभावकारी सञ्चालनको विषयमा पनि एउटै धारणा बनाइनेछ । हिजो एमालेले संसद अवरुद्ध गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply