मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्तावको तयारी
२५ भदौं , मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्यविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ ।
एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश–१ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्न लागेका हुन् ।
मुख्यमन्त्री भएको एक महिना नबित्दै अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्यलाई बिदा गरेर विपक्षी गठबन्धन सरकार बनाउने दाउमा जुटेको हो । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेशमा प्रमाणपत्र लिएलगत्तै संसदीय दलको नेता चुन्ने छ ।
त्यसपछि सरकार परिवर्तनको औपचारिक प्रक्रिया सुरु हुने नेपाली कांग्रेस प्रदेश–१ का एक सांसदले जानकारी दिए । भदौ ९ गते नेकपा एमाले विभाजन भएको थियो । विभाजन भएपछि एमालेका १० सांसद प्रदेश १ मा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । एमाले विभाजन नहुञ्जेल आचार्यसँग एमालेका ५१ सांसदसहित बहुमत थियो ।
तर एमालेका १० सांसद नयाँ पार्टीमा लागेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परिसकेका छन् । आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा ९३ जम्मा सांसद छन्। विभाजन भएपछि १० जना सांसदले नयाँ दल रोज्दा अब एमालेसँग ४१ सांसद बाँकी छन् । उनलाई बहुमतका लागि ४६ सांसद आवश्यक पर्छ ।
प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादी पार्टी १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ जना प्रदेश सांसद गरेर जम्मा संख्या ५० हुन्छ । सरकार बनाउन ४६ सांसद चाहिने भएकाले अहिले प्रतिपक्षसँग बहुमत देखिएको छ । आचार्यलाई विश्वासको मत लिन अझै २ हप्ता समय छ । तर, पाँच दलीय गठबन्धनले त्यो समय पनि नकुर्ने रणनीति बनाएको छ ।
प्रदेशबाट पनि समाजवादी पार्टीले दलको प्रमाणपत्र लिएपछि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन छलफल भइरहेको प्रदेश सांसद राजन राईले जानकारी दिए । प्रदेशमा रहेका एमाले बाहेकका दलहरुबीच नयाँ सरकार गठनका विषयमा निरन्तर छलफल भएको उनले बताएका छन् ।
आचार्य मुख्यमन्त्री बनेको हप्ता दिनपछि विपक्षी सबै दलका नेताहरुबीच नयाँ सरकार गठनबारे छलफल भएको थियो। अनौपचारिक रुपमा दैनिक संवाद जारी रहेको नेताहरु बताउँछन् । ‘प्रदेश–१ मा पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाउँछ’, कांग्रेसका ती सांसदले भने, ‘एकीकृत समाजवादीले दलको मान्यता पाएको प्रमाणपत्र पाउनेबित्तिकै प्रक्रिया सुरु गर्छौं ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply