सभापतिको दौडबाट पछि हट्दिनँ : शशांक कोइराला
२६ भदौं, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । शनिबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।
उनले भने, हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु । महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।
उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले जानकारी दिए ।
एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्श्रृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताए । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, ‘उच्श्रृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् । रासस
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply