नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
२७ भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ । संसदमा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।
एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो । बैठकमा विरोध गर्दा शिष्ट बन्न सांसदहरुलाई आग्रह गरेको थियो ।
आज बसेको स्थायी कमिटीको बैठकले सांसदहरुलाई शिष्ट र मर्यादित भएर विरोध गर्न निर्देशन दिने निर्णय गरेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमालेले आज संसदीय दलको बैठक बोलाइएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply