एमसीसी अनुमोदनमा ढिलाइ भइसक्यो : उपाध्यक्ष फातिमा
२७ भदौं, काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको र अनुमोदन नभई कार्यान्वयनमा नजाने बताएकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरूलाई भटेकी सुमारले यो सम्झौतालाई नेपालको आर्थिक हितसँग जोडेकी छन् । उनले यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।
चार दिने भ्रमणमा आएकी उनले आइतबार पत्रकार सम्मेलन गर्दै भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको उल्लेख गरिन् । उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply