२८ भाद्र २०७८, सोमबार ०२:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
‘एनआरएनए’ को निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन
२८ भदौं, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको हो ।
एनआरएनएको १० औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको भन्दै उजुरी परेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । तीन जनाको उजुरी परेको मन्त्रालयले स्पष्ट पारेको छ ।
महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले अनुगमन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेल्जियमलगायत देशमा प्रतिनिधि छनोटमा समस्या रहेको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply