पौडेल पक्षले बोलायो केन्द्रीय सदस्यहरुको बैठक
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।
बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको एकजना केन्द्रीय सदस्यले बताए ।
आजको बैठक महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारीका लागि पनि हो, पौडेल निकट ती केन्द्रीय सदस्यले भने ।
कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply