सभामुखलाई एमालेको आग्रह : कि १४ सांसदलाई पदमुक्त गर्नुस्, कि राजीनामा दिनुस्
२८ भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न नत्र मार्ग प्रशस्त गर्न माग गरेको छ ।
एमालेका मुख्य सचेतक विशाल भट्टराईले अब पार्टीको बटमलाइन माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न वा पदबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए । सभामुखलाई उक्त विषय भेटमार्फत गराएको उनले सुनाए ।
यस्तै एमालेले आजको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको छ । ‘हामी आजको बैठकमा सहभागी हुँदैनौं । सभामुखलाई भेटमार्फत् एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त भएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न भनेका छौं । हाम्रो पार्टीको बटमलाइन यही हो । हाम्रो माग पूरा नहुँदासम्म बैठकमा जाँदैनौं । संसद्मा अवरोध यथावत रहने छ, उनले भने ।
एमालेले माधवकुमार नेपाल नेतृत्त्वको नेकपा (एकीकृत समाजवादी) लाई अवैधानिक पार्टी भन्दै आएको छ । सो पार्टी सहभागी हुने भएपछि एमाले सर्वदलीय बैठकमा नजाने निर्णय गरेको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सभामुख अग्निप्रसाद सापाकोटाले भने बैठक सञ्चालन गर्न र आफ्नो नियत गलत नभएको बताएका छन् । सभामुखले आज संसद्मा प्रतिनिधित्त्व गर्ने दलसँग छलफल गर्न लागेका हुन् । बैठक आज दिउँसो २ः३० मा बोलाइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply