सभामुखलाई एमालेको आग्रह : कि १४ सांसदलाई पदमुक्त गर्नुस्, कि राजीनामा दिनुस्
२८ भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न नत्र मार्ग प्रशस्त गर्न माग गरेको छ ।
एमालेका मुख्य सचेतक विशाल भट्टराईले अब पार्टीको बटमलाइन माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न वा पदबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए । सभामुखलाई उक्त विषय भेटमार्फत गराएको उनले सुनाए ।
यस्तै एमालेले आजको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको छ । ‘हामी आजको बैठकमा सहभागी हुँदैनौं । सभामुखलाई भेटमार्फत् एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त भएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न भनेका छौं । हाम्रो पार्टीको बटमलाइन यही हो । हाम्रो माग पूरा नहुँदासम्म बैठकमा जाँदैनौं । संसद्मा अवरोध यथावत रहने छ, उनले भने ।
एमालेले माधवकुमार नेपाल नेतृत्त्वको नेकपा (एकीकृत समाजवादी) लाई अवैधानिक पार्टी भन्दै आएको छ । सो पार्टी सहभागी हुने भएपछि एमाले सर्वदलीय बैठकमा नजाने निर्णय गरेको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सभामुख अग्निप्रसाद सापाकोटाले भने बैठक सञ्चालन गर्न र आफ्नो नियत गलत नभएको बताएका छन् । सभामुखले आज संसद्मा प्रतिनिधित्त्व गर्ने दलसँग छलफल गर्न लागेका हुन् । बैठक आज दिउँसो २ः३० मा बोलाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply