देउवाले सत्ता र शक्तिको दुरुपयोग गरी पार्टी कब्जा गर्न खोजे : रामचन्द्र पौडेल
२८ भदौं, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् ।
वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्त्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले पार्टीको आगामी महाधिवेशनमा नेतृत्त्व रुपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिकरणको बाटोमा हिडाउँन सकिने वरिष्ठ नेता पौडेलको बुझाइ छ ।
वडा अधिवेशनहरु भयो भनेर नाटक रच्न खोजिएको छ । हामी यसलाई मान्दैनौं । यस्तो चुनाव हुनु हुँदैन । धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरुपयोग गर्न नेपाली कांग्रेस जस्तो पार्टीलाई सुहाउँदैन । नेपाली कांग्रेस जस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम भएको छ’, उनले भने, ‘साथीहरुलाई पाखा लगाउने काम, जो भएको छ । हामी त्यसको विरोध गर्छौं । देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने प्रयास भएको छ । यस्तो दूस्साहस हुन दिँदैनौं । नेपाली कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा विचलित हुन दिँदैनौं ।
वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप समेत लगाए । उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्त्व चयन गर्नेगरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
उनले देउवाको तुलना नै डोनाल्ड ट्रम्पसँग गरे। ’अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ’उपद्रो’ गरेका थिए’, पौडेलले भने, ’कांग्रेस सभापति देउवा पनि ट्रम्पकै पथमा अघि बढेका छन्।
ट्रम्पको घमण्ड र महत्वाकांक्षाले अरुलाई नमानेको पनि उनले बताए। ’ट्रम्प जस्तो महत्वाकांक्षी नेताले कसैलाई मानेन, सम्मान पनि गरेन। उनको कुनै हर्कतले अन्तिमसम्म पनि कुनै काम गरेन। अमेरिकामा डोनाल्ड ट्रम्प आउँदा, नेपालमा केपी ओली आएका थिए’, उनले भने, ’तेस्रो विश्वका देशहरुमा लोकतान्त्रिक पद्धतिबाट आएकाबाटै लोकतन्त्र असुरक्षित भएको छ। अहिले नेतृत्वमा गएकाहरु आफ्नो स्वार्थ र महत्वकाङ्क्षाले देशलाई गलत बाटोमा लाँदैछन्।’
उनले पालो पुगेपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। ’लोकतन्त्रमा अन्धभक्त हुनु राम्रो होइन’, उनले देउवातिर लक्षित गर्दै भने, ’पालो पूरा भएपछि त अर्कोलाई नेतृत्व हस्तान्तरण गर्न हो नि।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply