शुक्रबारसम्म चीनबाट ४४ लाख डोज भेरोसेल खोप आइपुग्ने
२८ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो शुक्रबारसम्म चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज खोप नेपाल आउने जनाएको छ ।
मन्त्रालयका अनुसार चीनसंग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । बाँकी ४० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज १५ सेप्टेम्बरमा चीनको राजधानी बेइजिङ जादैछ सो जहाजले शुक्रबारसम्म ४० लाख डोज खोप काठमाडौं ल्याउनेछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. सागर दाहालले नेपालमा भण्डारणमा रहेको खोप सकिएपछि थप ल्याउन लागिएको बताए । दाहालका अनुसार यही शुक्रबारसम्म २ पटक गरेर खोप ल्याउने तयारी भइरहेको छ । यसअघि भण्डारणमा अन्य खोप भएकाले ल्याइएको थिएन, अहिले खोप खपत भएकाले ल्याउन लागेका हौं ।
स्वास्थ्य मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोडेर्ना खोप ल्याउने टुङ्गो लागिसकेको बताएको छ । त्यसैगरी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजानिक रुपमै बताइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा पूरा मात्रा खोप लगाउनेको संख्या १७.४१ प्रतिशत पुगेको छ । त्यस्तै पहिलो मात्रा मात्र खोप लगाउनेको संख्या समेत हिसाब गर्दा खोप पाउनेको संख्या १९.४५ प्रतिशत छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्का काठमाडौं जिल्लामा पहिलो मात्रा खोप लगाउनेको संख्या ५१ र पूरा मात्रा खोप लगाउने ४१ प्रतिशत पुगेको बताउँछन् । हाल खोप सकिएकाले विदेश जानेहरुलाई बाहेक अरुलाई दिइएको छैन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाका अनुसार प्रदेशमा केही मात्रामा खोप मौजातमा रहेतापनि विभागमा आपतकालीन अवस्थामा दिन राखिएकोबाहेक खोप छैन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply