२९ भाद्र २०७८, मंगलवार ०२:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज प्रतिनिधि सभाको बैठक बस्दै
२८ भदौ, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ।
संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।
बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यक्रम बनाइएको छ।
संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुतगर्ने कार्यसूची तय भएको छ।
त्यस्तै २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत सदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ।
यसै विषयमा सहमति गर्न भनेर सभामुख अग्नि सापकोटाले सोमबार सर्वदलीय बैठक राखेका थिए। तर एमाले अध्यक्ष केपी शमौ ओली निमन्त्रणा अस्वीकार गर्दै सहभागी भएनन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply