२९ भाद्र २०७८, मंगलवार ०२:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आज प्रतिनिधि सभाको बैठक बस्दै
२८ भदौ, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ।
संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।
बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यक्रम बनाइएको छ।
संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुतगर्ने कार्यसूची तय भएको छ।
त्यस्तै २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत सदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ।
यसै विषयमा सहमति गर्न भनेर सभामुख अग्नि सापकोटाले सोमबार सर्वदलीय बैठक राखेका थिए। तर एमाले अध्यक्ष केपी शमौ ओली निमन्त्रणा अस्वीकार गर्दै सहभागी भएनन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply