एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन
२९ भदौ, काठमाडौं । पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् ।
प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो ।
प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् ।
कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको केन्द्रिय सदस्य चुडामणि जंगलीले जानकारी दिए ।
कमिटीमा केन्दी्रय सदस्य र जिल्ला अध्यक्षहरु पदेन रहने उनले बताए । बैठकले कमिटीहरु निर्माण गर्ने र पार्टीजीवनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय समेत गरको छ ।
पदाधिकारी छान्नकै लागि हिजोदेखि बैठक बसेको हो, आज टुंगो लाग्यो,’ उनले भने, ‘बाँकी रहेका २ पदाधिकारीको पद छिट्टै नै टुंग्याउने छौं ।’
गण्डकी प्रदेशका अध्यक्ष बनेका गुरुङ पूर्वमन्त्री हुन् भने अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष सम्हालेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply