बैठकअघि एमालेसँग वार्ता गर्दै सभामुख, कुरा नमिले अवरोधबीच संसद चलाउने
२९ भदौं, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग आज (मंगलबार) को प्रतिनिधिसभा बैठकअघि संवादका लागि पहल गर्ने भएका छन् ।
सोमबार बोलाएको सर्वदलीय बैठकलाई बहिष्कार गरेको एमालेसँग सभामुख सापकोटाले संवाद अघि बढाउने भएका हुन् । सोमबार एमाले प्रमुख सचेतक विशाल भट्टराईसँग भेट्न अस्वीकार गरेका सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकअघि एमालेसँग संवादको प्रयत्न गर्ने भएका हुन् ।
सभामुखले एमालेसँग संवाद पहल गरिरहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार सोमबार पनि बैठकमा बोलाउन एमाले दलका नेता केपी शर्मा ओलीसँग सम्पर्क गर्न खोजे पनि सम्भव भएको थिएन । ‘प्रतिपक्ष दल एमालेको समस्या हल गर्न सभामुखले सोमबार सर्वदलीय बैठक आह्वान गरेका थिए । तर, उहाँहरू उपस्थित हुनु भएन्, न्यौपानेले भने, ‘अझै पनि सभामुख प्रतिपक्षसँग संवादका लागि प्रयत्नरत हुनुहुन्छ, संसदलाई प्रभावकारी बनाउन सबै दलसँग उहाँले संवाद गरिरहनु भएको छ ।
उनका अनुसार सभामुख सापकोटाले बैठकमा धारणा राख्न प्रतिपक्ष दल एमाले नआएकोमा असन्तुष्ट छन् । ‘जसका लागि बैठक बोलाइएको थियो, उहाँ (एमाले)हरू नै आउनु भएन, उनले भने, तर दलहरूको सुझावअनुसार सभामुखले एमालेसँग संवाद गर्न भने प्रयत्न गर्दै हुनुहुन्छ ।
न्यौपानेका अनुसार मंगलबार १ बजे संसद बैठकअघि पनि सभामुख सापकोटाले एमाले नेताहरूसँग कुराकानी गर्ने तयारीमा छन् । तर एमालेले सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत नराखी मनलाग्दी संसद अघि बढाएको आरोप लगाइरहेको छ । अवरोधबीचमा नै संसद चलाइरहेका सापकोटा र एमालेबीच विवाद बढिरहेको छ । एमालेले सभामुखले कि त १४ सांसदमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने कि त पदबाट राजीनामा दिनुपर्ने अडान लिएको छ ।
सापकोटाले सोमवार सर्वदलीय बैठक डाकेर विवाद हल गर्न खोजे पनि एमालेको बहिष्कारले सम्भव भएन। एमाले संवादमा नआए पनि कार्यसूचीअनुसार संसद बैठक बढाउने योजनामा सभामुख सापकोटा रहेको न्यौपानेले बताए ।
यसैबीच नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरेको कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेसम्म संसद चल्न नदिने अडान लिएको छ । सभामुख सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै एमालेले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ। सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने अडान लिएको छ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply