नेकपा (एकीकृत-समाजवादी) केन्द्रीय कमिटी बैठक असोज ५ गते
३० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) असोज ५ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
यही भदौ २९ गते बैठक बस्ने तयारी भए पनि केही गृहकार्य गर्नुपर्ने भएकोले सारिएको एकीकृत समाजवादीले जानकारी दिएको छ ।
पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।
नेकपा (एमाले) बाट विभाजित भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा हालै स्थायी कमिटीका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ । पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
युवा तथा विद्यार्थी सङ्गठन स्थापना भइसकेका छन् भने प्रेस सङ्गठन चाँडै घोषणाको क्रममा छ । मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply