देउवाको गृह जिल्लामा फेरि वडा अधिवेशन गर्नुपर्ने पौडेल समूहको अडान
३१ भदौं , काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको वडा अधिवेशनका सन्दर्भमा निर्वाचन समितिलाई ध्यानाकर्षण गराउने भएको छ । पौडेल समूहले २५ भदौमा डडेल्धुरामा भएको वडा अधिवेशन बहिष्कार गर्दै पुनः अधिवेशन गराउन माग गर्दै आएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने अडान राखेको हो ।
आज (बिहीबार) केन्द्रीय निर्वाचन समितिका पदाधिकारीलाई भेटेर समेत त्यसबारे ध्यानाकर्षण गराउन लागेको एक केन्द्रीय सदस्यले जानकारी दिए । दिउँसो २ बजे निर्वाचन समितिको कार्यालय रहेको पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता पौडेलसहितका नेताहरु जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाललगायतका नेताहरु सानेपा जान लागेका छन् ।
‘क्रियाशील सदस्यको विवाद र जिल्ला सभापति कर्णबहादुर मल्लसहितको असहमतिका बीच भएको अधिवेशन हामीलाई स्वीकार्य छैन । हामीले यसअघि पनि पुनः वडा अधिवेशन गराउन भनिसकेको छौं, त्यही विषयमा केन्द्रीय निर्वाचन समितिलाई समेत ध्यानाकर्षण गराउने र पुनः वडा अधिवेशनको माग गर्ने हो,’ ती नेताले भने । डडेल्धुरामा केही दिन सम्पन्न वडा अधिवेशनमा धाँधली भएको पौडेल समूहले आरोप लगाउँदै आएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply