मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी
१ असोज, मोरङ । प्रदेश–१ को विपक्षी गठबन्धनले अल्पमतमा परेका मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशन माग गर्ने तयारी थालेको छ । अल्पमतमा रहेका मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था विपरीत सरकारको आयु लम्ब्याउन खोजिरहेको गठबन्धनले आरोप लगाएको छ ।
संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ । सरकारले विश्वासको मत लिन असोज २२ गतेका लागि प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आह्वान गरिसकेको भए पनि विपक्षी गठबन्धन त्यसअघि नै विशेष अधिवेशनको तयारीमा जुटेको हो ।
मुख्यमन्त्री आचार्यले निर्वाचन आयोगले एमालेका १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय २५ गते गरेकोलाई आधार बनाएर ३० दिनभित्र अर्थात् असोज २३ गतेसम्ममा सदनमा विश्वासको प्रस्ताव राख्ने तयारी गरेका हुन् । तर प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धन दलले संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको भदौ ९ गतेको निर्णयले एमाले विभाजित भएको हुँदा असोज ७ गतेभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभामा अविश्वासको प्रस्ताव राख्नुपर्ने अडानमा छन् ।
गठबन्धन दलको बुधबार प्रदेशसभामा बसेको बैठकले असोज ७ गतेभित्र मुख्यमन्त्री आचार्यले सदनबाट विश्वासको मत लिने प्रक्रिया अघि नबढाए अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री आचार्यले असोज ७ गतेभित्र प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने प्रक्रिया शुरु नगरे तत्काल अविश्वासको प्रस्ताव दर्ता गराई विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी गरेको बताएका छन् ।
मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था विपरीत चल्ने देखिएकोले गठबन्धनले अविश्वसको प्रस्ताव ल्याउनुको विकल्प नभएको प्रमुख प्रतिपक्षी कांग्रेसका नेता राजीव कोइरालाले बताए । अल्पमतमा परेका आचार्यले एकातिर विश्वासको मत लिने संवैधानिक व्यवस्था मिच्न असोज २२ गते हिउँदे अधिवेशन बोलाएका छन् भने अर्कोतिर मन्त्रिपरिषद् विस्तार गरेको प्रति पनि गठबन्धन दलले आपत्ति जनाएका छन् ।
एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका १० जना प्रदेश सांसदले गत आइतबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमा समर्थन नरहने पत्र दर्ता गराएका छन् । उनीहरूको पत्रले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना एकीकृत समाजवादीमा गएपछि एमाले ४१ सदस्यमा खुम्चिएर अल्पमतमा परेको हो । केन्द्रमा सत्तारूढ गठबन्धनबीचको मत भिन्नता र प्रदेश गठबन्धनमा मुख्यमन्त्रीको हानाथापबीच मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने रणनीतिमा छन् । आचार्यले विश्वासको मत पाउने विश्वासका साथ प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस गरेको दाबी गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply