ओलीलाई प्रधानमन्त्री देउवाको सन्देश, ‘संसद नरोकौं बजेट पास गरौं’
१ असोज , काठमाडौं । संसदको अवरोध हल गर्ने प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् ।
आफू प्रधानमन्त्री बनेको दुई महिना बित्दा पनि सरकार विस्तार गर्न नसकेका देउवाले केही समययता प्रतिपक्षीसँग संवाद बढाएका हुन् । देउवाले आफ्नो दूतका रुपमा ओलीलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दुई पटकसम्म बालकोट पठाइसकेका छन् । कार्कीले बालकोट पुगेर ओलीसँग संसदमा रहेको गतिरोध हटाउन आग्रह गरेको बताउँदै आइरहेका छन् ।
सत्तारुढ गठबन्धनबीच खटपट र विवाद बढिरहेका बेला देउवाले प्रमुख प्रतिपक्षीसँग बढाएको संवादलाई अर्थपूर्ण मानिएको छ । कानुनमन्त्री कार्की बिहीबार दिउँसो पनि बालकोट पुगेर ओलीसँग संवाद गरेका छन् । उक्त संवादबारे उनले शुक्रबार विराटनगर पुगेर पत्रकारहरुसँग बोलेका छन् ।
संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ’, विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगलाई उनले भने, ‘त्यसका लागि विपक्षी दलसँग पनि हामीले संवाद थालेका छौं ।
मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग बिहीबारै बालकोटमा छलफल भएको बताए । संसद अवरुद्ध भएपछि सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न सकेन । भदौ ३० सम्म प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारदेखि नै सरकारी खर्च बन्द भएको छ ।
‘विपक्षी दलसँग पनि छलफल भइरहेको छ’, कार्कीले भने, ‘चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट रोकिँदैन ।’ उनल भेटका क्रममा अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न ओलीलाई भनिएको पनि जानकारी कार्कीले दिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply