ओलीलाई प्रधानमन्त्री देउवाको सन्देश, ‘संसद नरोकौं बजेट पास गरौं’
१ असोज , काठमाडौं । संसदको अवरोध हल गर्ने प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् ।
आफू प्रधानमन्त्री बनेको दुई महिना बित्दा पनि सरकार विस्तार गर्न नसकेका देउवाले केही समययता प्रतिपक्षीसँग संवाद बढाएका हुन् । देउवाले आफ्नो दूतका रुपमा ओलीलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दुई पटकसम्म बालकोट पठाइसकेका छन् । कार्कीले बालकोट पुगेर ओलीसँग संसदमा रहेको गतिरोध हटाउन आग्रह गरेको बताउँदै आइरहेका छन् ।
सत्तारुढ गठबन्धनबीच खटपट र विवाद बढिरहेका बेला देउवाले प्रमुख प्रतिपक्षीसँग बढाएको संवादलाई अर्थपूर्ण मानिएको छ । कानुनमन्त्री कार्की बिहीबार दिउँसो पनि बालकोट पुगेर ओलीसँग संवाद गरेका छन् । उक्त संवादबारे उनले शुक्रबार विराटनगर पुगेर पत्रकारहरुसँग बोलेका छन् ।
संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ’, विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगलाई उनले भने, ‘त्यसका लागि विपक्षी दलसँग पनि हामीले संवाद थालेका छौं ।
मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग बिहीबारै बालकोटमा छलफल भएको बताए । संसद अवरुद्ध भएपछि सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न सकेन । भदौ ३० सम्म प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारदेखि नै सरकारी खर्च बन्द भएको छ ।
‘विपक्षी दलसँग पनि छलफल भइरहेको छ’, कार्कीले भने, ‘चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट रोकिँदैन ।’ उनल भेटका क्रममा अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न ओलीलाई भनिएको पनि जानकारी कार्कीले दिएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply