अफगानिस्तानमा अलपत्र थप ३४ नेपाली आज स्वदेश आउँदै
२ असोज, काठमाडौं । अफगानिस्तानमा अलपत्र परेका थप ३४ नेपाली आज (शनिबार) स्वदेश आउँदै छन् । काबुलमा अलपत्र परेका ३४ नेपालीलाई उद्धार गरेर नेपाल ल्याउन लागिएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार काबुलमा अलपत्र ३४ नेपाली शनिबार बिहान १० बजे चार्टर विमानमार्फत स्वदेश फर्कंदै छन् । उनीहरुसँगै संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि स्वदेश फर्किंदै छन् ।
बिद्रोही तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ असुरक्षा बढेको छ । विभिन्न रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली तालिबानले सत्ता कब्जा गरेपछि अलपत्र परेका हुन् । हाल उनीहरुलाई यूएनको सहयोगमा काबुलमा सुरक्षित रूपमा राखिएको छ । अफगानिस्तानबाट हालसम्म ९४० नेपालीको उद्धार भइसकेको छ । अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply