सत्तारुढ गठबन्धनको बैठक बस्दै , मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छ्लफल हुने
६ असोज, काठमाडौं । सरकार बनेको अढाई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद् विस्तार नभएको टिप्पणी बढ्न थालेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले यस विषयको छलफल बाक्लो बनाउन थालेका छन् ।
आज साँझ ५ बजे गठबन्धनमा रहेका दलहरूको बैठक बोलाइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।
हिजो पनि गठबन्धन दलको बैठक बसेको थियो । हिजोको बैठकमा माओवादीबाट मात्रै भए पनि मन्त्रीहरू सहभागी गराउन प्रचण्डले देउवालाई दबाब दिएका थिए । मन्त्रीको नाम टुंगो लगाउन माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा जारी छ ।
प्रचण्डले केही दिनअघि जनकपुरमा आयोजित कार्यक्रममा ५ गते मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । एकीकृत समाजवादीको वैधानिकताको विषय अदालतबाट टुंगिन बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
देउबाले आजै डा. नारायण खड्कालाई भने परराष्ट्रमन्त्री बनाएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply