भोलि मन्त्रिपरिषद विस्तार हुन्छ : प्रवक्ता महरा
६ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले भोलि मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।
आज स्थायी कमिटीको बैठकपछि पत्रकारहरूलाई जानकारी दिंदै प्रवक्ता महराले केहीबेरमा सत्ता गठबन्धनको बैठक बस्न लागेको भन्दै बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताए ।
अहिले केहीबेरमा गठबन्धनका नेताहरू बस्दै हुनुहुन्छ, त्यो बैठकले सरकार सञ्चालन निर्देशिका पारित गर्नेछ’, उनले भने, ‘त्यसपछि भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ ।
बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने महराले जानकारी दिए । अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको काम सिद्धिन्छ’ महराले भने ।
उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा पनि गठबन्धनका नेताहरूले नै निर्णय लिने जानकारी दिएका छन् । ‘अध्यादेश खारेजीको कुरा आइरहेको छ, भोलि नै पार्लियामेन्ट छ, त्यहाँ प्रतिस्थापन विधेयक पनि जानसक्छ’, महराले सुनाए, ‘त्यसपछि विधेयक विषयमा सबै दलको राय समान हुन्छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply