नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत एकीकरण गर्ने तयारी
७ असोज, काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकीकरण गर्ने छलफल अघि बढेको छ।
पार्टी एकताका लागि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष राईलाईइ प्रस्ताव राखिसकेको स्रोतले दाबी गरेको छ।
एमालेभित्र अध्यक्ष्य केपी शर्मा ओलीसँग विवाद उत्कर्षमा पुगेका बेला माधव नेपालनिकट मानिने विद्यार्थी नेता राईले निर्वाचन आयोगमा दर्ता गराएको पार्टी हो– नेकपा एकीकृत।
त्यो दल त्यतिबेला नेपाल समूहकै नेताहरूकाे सल्लाहमा दर्ता गरिएको भनिएको थियो।
आफ्नो साथ छाडेर एमालेमै बसेका १० नेताकै सल्लाहमा नेकपा एकीकृतलगायतका पार्टी दर्ता गरिएको भनेर नेता नेपालले भन्ने पनि गरेका छन्।
नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत जीवन राईलाई पार्टीमा समाहित गर्ने विषयमा छलफल चलेको स्रोतको दाबी छ।
नेता राईले सामाजिक सञ्जालमार्फत बेलाबेला ढिलोचाँडो कम्युनिस्ट पार्टी एक हुनुको विकल्प नरहेको बताउने गरेका छन्।
संखुवासभा घर भएका राई अनेरास्ववियुबाट उदाएका नेता हुन्।
अनेरास्ववियुको उपाध्यक्ष पदमा निर्वाचित हुन नसकेपछि नेता राई पार्टी राजनीतिमा लागेका हुन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply