नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत एकीकरण गर्ने तयारी
७ असोज, काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकीकरण गर्ने छलफल अघि बढेको छ।
पार्टी एकताका लागि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष राईलाईइ प्रस्ताव राखिसकेको स्रोतले दाबी गरेको छ।
एमालेभित्र अध्यक्ष्य केपी शर्मा ओलीसँग विवाद उत्कर्षमा पुगेका बेला माधव नेपालनिकट मानिने विद्यार्थी नेता राईले निर्वाचन आयोगमा दर्ता गराएको पार्टी हो– नेकपा एकीकृत।
त्यो दल त्यतिबेला नेपाल समूहकै नेताहरूकाे सल्लाहमा दर्ता गरिएको भनिएको थियो।
आफ्नो साथ छाडेर एमालेमै बसेका १० नेताकै सल्लाहमा नेकपा एकीकृतलगायतका पार्टी दर्ता गरिएको भनेर नेता नेपालले भन्ने पनि गरेका छन्।
नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत जीवन राईलाई पार्टीमा समाहित गर्ने विषयमा छलफल चलेको स्रोतको दाबी छ।
नेता राईले सामाजिक सञ्जालमार्फत बेलाबेला ढिलोचाँडो कम्युनिस्ट पार्टी एक हुनुको विकल्प नरहेको बताउने गरेका छन्।
संखुवासभा घर भएका राई अनेरास्ववियुबाट उदाएका नेता हुन्।
अनेरास्ववियुको उपाध्यक्ष पदमा निर्वाचित हुन नसकेपछि नेता राई पार्टी राजनीतिमा लागेका हुन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply